नियम २९
बोर्डको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा ३९ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) वैदेशिक रोजगारको अवसर तथा जोखिम बारे अध्ययन अनुसन्धान गर्ने, गराउने, (ख) वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा नियमित रूपमा प्रसारण तथा प्रकाशन गर्ने,
गराउने,
(ग) कामदारको सामाजिक सुरक्षा रणनीति तथा कार्य योजना तयार गर्ने, गराउने,
(घ) वैदेशिक रोजगारमा गएका ... कामदारका निमित्त सुरक्षित गृहको स्थापना गरी सञ्चालन गर्ने, गराउने,
(ङ) वैदेशिक रोजगारीको क्रममा शारीरिक वा मानसिक यातनाको कारणले पीडित भएका वा मानसिक सन्तुलन बिग्री स्वदेश फिर्ता भएका
कामदारलाई निजले चाहेमा बढीमा तीन महिनासम्म सुरक्षित गृहमा राखी उपचार तथा मनोचिकित्सक परामर्श सेवा प्रदान गर्ने वा गराउने,
(च) सरकारी वा गैरसरकारी संस्थाको साझेदारी वा सहकार्यमा सुरक्षित गृह, मनोचिकित्सक परामर्श सेवा तथा उपचार कार्यक्रम सञ्चालन गर्ने वा गराउने ।